बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, १७२ सांसद प्रधानमन्त्रीका पक्षमा उभिए

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, १७२ सांसद प्रधानमन्त्रीका पक्षमा उभिए

जोगियो प्रचण्डको कुर्सी

साझा पोष्ट
सोमबार, चैत ६ २०७९
  • images
    प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, १७२ सांसद प्रधानमन्त्रीका पक्षमा उभिए
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् ।


    images
    images

    प्रधानमन्त्री प्रचण्डलाई १७२ सांसदले विश्वासको मत दिएका हुन् । सोमबारको बैठकमा उपस्थित २६२ सांसदमध्ये दाहाललाई विपक्षमा ८९ सांसदले मत दिए । त्यस्तै नेमकिपा 'मत दिन्न' भन्ने पक्षमा उभियो ।

    सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिए ।

    नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गरे ।

    तीन महिनामा प्रधानमन्त्रीले दोस्रो पटक विश्वासको मत प्राप्त गरे ।  चुनावी गठबन्धन त्यागेर एकाएक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर पुस १० गते तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले  दुई महिनामै त्यो गठबन्धन तोडेपछि  प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत लिएका हुन् । 

    १० पुसमा नेकपा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री भएपछि २६ पुसमा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिएका थिए ।

    सरकारलाई समर्थन दिएका दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाका कारण प्रधानमन्त्रीले साढे दुई महिनाभित्रै दोस्रो पटक विश्वासको मत लिनुपरेको हो ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार