बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

प्रचण्डलाई ओलीको चुनौती : वैशाख भन्दा उता तपाइँ प्रधानमन्त्री रहनुहुन्न

प्रचण्डलाई ओलीको चुनौती : वैशाख भन्दा उता तपाइँ प्रधानमन्त्री रहनुहुन्न

साझा पोष्ट
सोमबार, चैत ६ २०७९
  • images
    प्रचण्डलाई ओलीको चुनौती : वैशाख भन्दा उता तपाइँ प्रधानमन्त्री रहनुहुन्न
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन वैशाखमा टुट्ने र  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार छोड्नु पर्ने बताएका छन । 


    images
    images

    प्रतिनिधिसभाको बैठकमा गठबन्धन टुट्ने बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको सम्वाद प्रचण्डले प्रतिनिधिसभा बैठकमा सुनाउँदै यो विषय जानकारी गराएका छन । 
    एमालेसँगको गठबन्धन टुट्नु अघिको अन्तिम  छलफलमा आफूले दुबै जना मिलेर कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव राख्दा ओलीले अस्वीकार गरेको र नयाँ गठबन्धन बनेपनि प्रचण्ड वैशाख भन्दा पछि प्रधानमन्त्री नरहने ओलीले बताएको प्रचण्डले बैठकमा सुनाए ।

    ‘उहाँले मलाई पटक–पटक तपाईं वैशाखभन्दा उता जानुहुन्न । वैशाखमा राष्ट्रपतिको बायाँ पट्टी लविमा तपाई र म एकै ठाउँमा हुन्छौं भन्नुभएको छ ।’ ओलीले आफूलाई धेरै ठूलो शिक्षासमेत दिएर पठाएको भन्दै प्रचण्डले भने ,उहाँको भनाइलाई पुष्टि गर्ने कि फेल गर्ने हाम्रो हातमा छ ।’  प्रचण्ड प्रधानमन्त्रीबाट हट्ने र पूर्वप्रधानमन्त्रीको लहरमा आफूसँगै बस्न आइपुग्ने ओलीको भनाइ थियो । एमाले नेताहरुले पनि सार्वजनिक रुपमै कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूहरुले सघाउने बताउँदै आएका छन् ।

    आइतबार विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि डेढ २ महिनामै फेरि विश्वासको मत लिने अवस्था आउन सक्ने बताएका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार