शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु,  २८ जना घाइते

कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु,  २८ जना घाइते

साझा पोष्ट
मंगलबार, चैत ७ २०७९
  • images
    कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु,  २८ जना घाइते
    images

    धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। २८ जना घाइते भएका छन्।


    images
    images

    गएराति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्रयाक्टर दुर्घटना भएको हो। बर्दगोरिया गाउँपालिका ६ सुगरखालमा आफन्तको घरमा पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा ट्रयाक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कूलदीप चन्दका अनुसार अनियन्त्रित भएर ट्रयाक्टर पल्टिदा ट्रयाक्टरमा सवार दुई जनाको मृत्यु भएको र २८ जना घाइते भएका हुन्। मृत्यु हुनेमा भजनी ९ की चाहाना चौधरी र दिलरानी चौधरी रहेका छन्। उनीहरूको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

     सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको हो। प्रहरीले ट्रयाक्टर नियन्त्रणमा लिएको छ भने फरार रहेका ट्रयाक्टर चालकको खोजी गरिरहेको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार