शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

नेपालका आसिफ शेखले जिते 'सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड'

नेपालका आसिफ शेखले जिते 'सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड'

साझा पोष्ट
मंगलबार, चैत ७ २०७९
  • images
    नेपालका आसिफ शेखले जिते 'सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड'
    images

    सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले प्रदान गर्ने यस अवार्ड जित्ने क्रममा आसिफले इङ्ल्यान्डका बेन स्टोक्स र जस बटलरलाई पछि पारे । 


    images
    images

    गत वर्ष फागुनमा ओमानमा भएको चार देश सम्मिलित टी–२० सिरिजमा आयरल्यान्डविरुद्ध आसिफले देखाएको खेल भावनाको कदर गदै उनलाई यो अवार्ड प्रदान गरिएको हो ।

    आसिफले आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिनेक्रममा लड्न पुगेपछि रन आउट गरेका थिएनन् । आसिफको उक्त निर्णयलाई त्यतिवेलै संसारभरका क्रिकेट प्रेमीले प्रशंसा गरेका थिए । एमसिसीले सिएमजे स्प्रिरिट क्रिकेट अवार्ड २०१३ देखि प्रदान गर्दै आएको छ ।

    यसअघि आसिफलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पनि प्रतिष्ठित ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’ (खेल भावना अवार्ड) प्रदान गरेको थियो । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार