बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

पारस खड्का आवद्ध टिमले जित्यो लिजेन्डस् क्रिकेटको उपाधि

पारस खड्का आवद्ध टिमले जित्यो लिजेन्डस् क्रिकेटको उपाधि

साझा पोष्ट
मंगलबार, चैत ७ २०७९
  • images
    पारस खड्का आवद्ध टिमले जित्यो लिजेन्डस् क्रिकेटको उपाधि
    images

    काठमाडौं । कतारमा जारी रहेको लिजेन्डस् क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध एसीयन लायन्स च्याम्पियन बनेको छ । 


    images
    images

    कतारको दोहा स्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा गएराती भएको फाइनलमा लायन्सले वल्र्ड जायन्ट्सलाई ७ विकेटले पराजित गरेको हो । वल्र्ड जायन्ट्सले दिएको १ सय ४८ रनको लक्ष्य एसीयन लायन्सले १६ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । 

    एसीयनको जितमा ओपनरहरु तिलकरत्ने दिल्शान र उपुल थारंगाले अर्धशतकीय ईनिङ खेले । उनीहरुबीचमा पहिलो विकेटका लागि १ सय १५ रनको साझेदारी समेत भएको थियो । 

    paras khadka1679372472.jpg

    दिल्शानले ४२ बलमा ५८ रन बनाए । थारंगाले २८ बलमा ५७ रन बनाए । मिस्बा उल हक तथा मोहम्मद हाफिज समान ९, ९ रनमा अविजित रहे ।

    जायन्ट्सका लागि मोन्टि पेनिसर, समित पटेल र ब्रेट लीले समान १, १ विकेट लिए । 

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जायन्ट्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । 

    जायन्ट्सका लागि ज्याकक्विस कालिसले ५४ बलमा अविजित ७८ रनको अर्धशतकीय ईनिङ खेले । रोस टेलरले ३३ बलमा ३२ रन बनाउँदा लिन्डल सिमोन्सले १७ रन बनाए ।

    लायन्सका लागि अब्दुर रज्जाकले २ तथा थिसारा परेराले १ विकेट लिएका थिए । यस खेलमा पारसले प्लेईङ ११ मा स्थान बनाए पनि ब्याटिङ र बलिङमा भने मौका पाएनन् । प्रतियोगितामा टोलीले खेलेको ६ मध्ये ५ खेलमा पारसले प्लेईङ ११ मा मौका पाएका थिए ।

    प्रतियोगिता भर बलिङको अवसर नपाएका पारसले ब्याटिङ तर्फ भने दुई खेलमा मौका पाएका थिए । दुई खेलमा पारसले १३ बलको सामना गरेर ११ रन बनाएका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार