शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

उपत्यकामा सार्वजनिक बिदा भएपनि बैंक तथा वित्तीय संस्था बन्द नहुने, राहदानी विभाग पनि खुल्ने

उपत्यकामा सार्वजनिक बिदा भएपनि बैंक तथा वित्तीय संस्था बन्द नहुने, राहदानी विभाग पनि खुल्ने

साझा पोष्ट
मंगलबार, चैत ७ २०७९
  • images
    उपत्यकामा सार्वजनिक बिदा भएपनि बैंक तथा वित्तीय संस्था बन्द नहुने, राहदानी विभाग पनि खुल्ने
    images

    काठमाडौं । काठमाण्डौ उपत्यकामा आज सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्थाहरु भने खुल्ने छन् ।


    images
    images

    काठमाण्डौ उपत्यकाबाहिर हुने कारोबार समेतलाई ध्यानमा राखेर बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

    यस्तै, राहदानी विभागले घोडेजात्राको बिदाका दिन पनि सेवा दिने भएको छ । विभागका सूचना अधिकारी खिमानन्द भुसालले बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म विभाग खुल्ने र सेवा दिने बताएका छन् । उनका अनुसार आजका  लागि आठ सय जनाले राहदानीका लागि फारम भरेका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार