बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

चिनीयाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता यूक्रेनसगँको लडाइँ रोक्न सीको प्रस्ताव

चिनीयाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता यूक्रेनसगँको लडाइँ रोक्न सीको प्रस्ताव

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भेटवार्ता भएको छ । भेटमा सीले युक्रेनसँगको लडाइँ अन्त्य गर्न प्रस्ताव राखेका र प्रस्तावमा रुसी राष्ट्रपति पुटिनले सम्मानका साथ हेरेको प्रतिक्रिया दिएका बीबीसीले जनाएको छ ।

साझा पोष्ट
मंगलबार, चैत ७ २०७९
  • images
    चिनीयाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता यूक्रेनसगँको लडाइँ रोक्न सीको प्रस्ताव
    images

    काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भेटवार्ता भएको छ । भेटमा सीले युक्रेनसँगको लडाइँ अन्त्य गर्न प्रस्ताव राखेका र प्रस्तावमा रुसी राष्ट्रपति पुटिनले सम्मानका साथ हेरेको प्रतिक्रिया दिएका बीबीसीले जनाएको छ ।


    images
    images

    रुस–युक्रेनबीचको लडाइँ रोक्ने र शान्ति स्थापना गर्ने उद्देश्यले चिनियाँ राष्ट्रपति सी रुस भ्रमणमा गएको बताइएको छ ।

    राष्ट्रपति सीले चीन र रुस राम्रो रणनीतिक साझेदार मुलुक भन्दै यो सम्बन्धलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका छन ।  यसबाट रुस पनि समृद्ध हुने सीको भनाइ थियो।
     ‘मलाई थाहा छ व्यक्तिगत रुपमा तपाईं र सबै चिनियाँ मित्रहरु अन्तर्राष्ट्रिय मुद्दाहरुमा निष्पक्ष र सन्तुलित दृष्टिकोण राख्नुहुन्छ ।’ सीलाई स्वागत गर्दै पुटिनले भनेका छन्,

    उनीहरुबीच रुसको आगामी चुनावबारे पनि कुराकानी भएको थियो ।  चिनियाँ राष्ट्रपति सीले पुटिनलाई आगामी राष्ट्रपति चुनावमा पनि जनसमर्थन प्राप्त हुने विश्वास व्यक्त गरेका थिए । सीले भनेका छन्, ‘मलाई भरोसा छ कि रुसका जनताले राम्रो कामका लागि तपाईंलाई समर्थन गर्नेछन् ।’

    पुटिन सन् २००० मा रुसको राष्ट्रपति चुनिएका थिए । दुई पटकसम्म राष्ट्रपति बनिसकेपछि उनी चार वर्षसम्म प्रधानमन्त्री बने । त्यसपछि फेरि सन् २०१२ मा राष्ट्रपति चुनिए । सन् २०१८ मा फेरि अर्को एक कार्यकालका लागि उनी राष्ट्रपति बनेका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार