शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

नेपाललाई भारतमा र रणजी ट्रफी खेल्ने अनुमति दिनुपर्छ : मोन्टी देशाई

नेपाललाई भारतमा र रणजी ट्रफी खेल्ने अनुमति दिनुपर्छ : मोन्टी देशाई

प्रथम श्रेणीको रणजी ट्रफी भारतको सबैभन्दा ठूलो घरेलु क्रिकेट प्रतियोगिता हो । ३८ टोलीले प्रतिस्पर्धा गर्ने रणजी ट्रफी खेल्ने खेलाडीको एक दिनको म्याच फि ६० हजार भारु हुन्छ । प्लेइङ ११ मा नरहेका खेलाडीले ३० हजार भारु म्याच फि पाउँछन् । यसै प्रदर्शनको आधारमा भारतीय टेस्ट टोलीमा बोलाइने गरिन्छ । रणजी ट्रफी विश्व क्रिकेटकै सर्वाधिक लोकप्रिय घरेलु प्रथम श्रेणीमा पर्दछ । भारतका एक दुई प्रमुख खेलाडी बाहेक अन्य सबैले रणजी खेल्ने गर्दछन् ।

साझा पोष्ट
मंगलबार, चैत ७ २०७९
  • images
    नेपाललाई भारतमा र रणजी ट्रफी खेल्ने अनुमति दिनुपर्छ : मोन्टी देशाई
    images

    काठमाडौं । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले नेपाललाई भारत र रणजी ट्रफी खेल्न अनुमति दिनुपर्ने बताएका छन् । 


    images
    images

    आइसिसी विश्वकप लिग २ मा सानदार प्रदर्शनपछि मोन्टि देशाईले क्रिकेटको विश्व चर्चित अनलाइन क्रिकबजसँग कुराकानी गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) को ध्यानाकर्षण गराएको बताएका हुन् ।

    ‘मैले आइसिसी र जय भाई बिसिसिआई सचिव तथा एसिसी अध्यक्ष जय शाहलाई भनेको छु । स्कटल्यान्ड र आयरल्यान्डले इंग्ल्यान्डमा खेल्छन् । हाम्रो टोलीलाई भारत र रणजी ट्रफी खेल्न अनुमति दिनुपर्छ । यदि त्यस्तो भयो भने हामी चार वर्षमा टेष्ट खेल्ने राष्ट्र हुनेछौं, मोन्टीले भनेका छन् ।

    ‘यदि तपाईंले वरपर हेर्नुभयो भने अफगानिस्तानसहित सबै छिमेकी राष्ट्र टेस्ट मान्यता प्राप्त छन् । वास्तवमा नेपाल र अफगानिस्तानले सँगै खेल्न सुरु गरेका थिए’, उनले भने ।

    प्रथम श्रेणीको रणजी ट्रफी भारतको सबैभन्दा ठूलो घरेलु क्रिकेट प्रतियोगिता हो । ३८ टोलीले प्रतिस्पर्धा गर्ने रणजी ट्रफी खेल्ने खेलाडीको एक दिनको म्याच फि ६० हजार भारु हुन्छ । प्लेइङ ११ मा नरहेका खेलाडीले ३० हजार भारु म्याच फि पाउँछन् । यसै प्रदर्शनका आधारमा भारतीय टेस्ट टोलीमा बोलाइने गरिन्छ । रणजी ट्रफी विश्व क्रिकेटकै सर्वाधिक लोकप्रिय घरेलु प्रथम श्रेणीमा पर्दछ । भारतका एक दुई प्रमुख खेलाडी बाहेक अन्य सबैले रणजी खेल्ने गर्दछन् ।

    मोन्टीको मुख्य प्रशिक्षकमा नेपालले १२ मध्य ११ खेल जित्दै आइसिसी विश्वकप लिग २ मा शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको छ । त्यस्तै आगामी चार वर्षका लागि ओडिआई मान्यता जोगाएको छ । मोन्टीको प्रशिक्षकमा फेरिएको नेपाली क्रिकेटले शानदार प्रदर्शन गरेको थियो । विशेषत कमजोर मानिएको ब्याटिङमा दमदार प्रदर्शन गरेको थियो ।

    यस्तै नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालले ठूला टोलीलाई आमन्त्रण गर्न गाह्रो हुने बताउँदै आईसीसी र एसीसीलाई पत्र लेखेको बताएका छन् ।

    ‘हामी ठूला टोलीहरूलाई आमन्त्रित गर्न सक्दैनौं । मैले मद्दतका लागि आईसीसी र एसीसीलाई पत्र लेखेको छु । उनीहरूले हामीलाई फन्डिङ र कोचिङमा मद्दत गर्नुपर्छ,’ उनले भनेका छन् । चन्दले बीसीसीआईसँग मद्दत मागेको क्रिकबजसँगको कुराकानीमा खुलाएका छन् ।

    पछिल्लो समय नेपालले सफलता हात पारेपछि अहिले सरकार लगायत सबै पक्ष पूर्वाधार बनाउनका लागि दबाबमा रहेका चन्दले बताएका छन् ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार