बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

एकीकृत समाजवादीको सचिवालय बैठक जारी, सरकारमा जानेबारे निर्णय गर्ने

एकीकृत समाजवादीको सचिवालय बैठक जारी, सरकारमा जानेबारे निर्णय गर्ने

साझा पोष्ट
मंगलबार, चैत ७ २०७९
  • images
    एकीकृत समाजवादीको सचिवालय बैठक जारी, सरकारमा जानेबारे निर्णय गर्ने
    images

    काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक पार्टी मुख्यालय आलोकनगरमा बसिरहेको छ।


    images
    images

    मंगलबार मध्याह्न १२ बजेदेखि बैठक सुरु भएको हो। अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतमा बसिरहेको बैठकमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरु राजेन्द्रप्रसाद पाण्डे, केशवलाल श्रेष्ठ, जयन्ती राई, डा. बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधर र प्रवक्ता जगन्नाथ खतिवडा सहभागी छन्।

    सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको समाजवादीले सरकारमा जाने तयारी गरेको हो।

    प्रचण्डलाई विश्वासको मत दिइसकेकाले आजको बैठकबाट सरकारमा जाने निर्णय लिने समाजवादीको तयारी छ। 

    समाजवादीले गृहमन्त्रालयसहित कम्तीमा तीनवटा मन्त्रालयमा दाबी गरेको छ। समाजवादी उपाध्यक्ष राजेन्द्र पाण्डेले यसअघि नै यसपटक आफूहरुले रोजेको मन्त्रालय लिएर सरकारमा जाने बताइसकेका छन्। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार