शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

सरकारमा जाने तयारीका लागि एकीकृत समाजवादीले कार्यदल बनायो 

सरकारमा जाने तयारीका लागि एकीकृत समाजवादीले कार्यदल बनायो 

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने विषयमा आवश्यक गृहकार्य गर्न तीन सदस्यीय कार्यदल बनाएको छ । मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल रहेको कार्यदल बनाएको हो ।

साझा पोष्ट
मंगलबार, चैत ७ २०७९
  • images
    सरकारमा जाने तयारीका लागि एकीकृत समाजवादीले कार्यदल बनायो 
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने विषयमा आवश्यक गृहकार्य गर्न तीन सदस्यीय कार्यदल बनाएको छ ।


    images
    images

    मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल रहेको कार्यदल बनाएको हो ।

    कस्तो नीति तथा कार्यक्रम र कुन हिस्सेदारीमा सरकारमा जाने भनेर छलफल भएको र बैठकले कार्यदल बनाएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार कार्यदलले गठबन्धन बैठकमा पार्टीले पाउने मन्त्रालयबारे छलफल गर्ने, सरकारमा जाने मन्त्रीहरू छान्ने, नीति तथा कार्यक्रम बनाउने, केन्द्रदेखि प्रदेशसम्म मन्त्रालय बाँडफाँटलगायतबारे गृहकार्य गर्नेछ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार