शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

माओवादी नेता आङ्बोमाथि ताप्लेजुङमा आक्रमण प्रयास

माओवादी नेता आङ्बोमाथि ताप्लेजुङमा आक्रमण प्रयास

विराटनगर । नेकपा माओवादी  केन्द्र  कोशी  प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि आक्रमणको प्रयास भएको छ । प्रदेशको नाम कोशी राखेको भन्दै असन्तुष्ट समूहले ताप्लेजुङमा आङ्बोमाथि आक्रमणको प्रयास गरेको हो ।  प्रहरीका अनुसार आङ्बो सवार गाडीमा आक्रमण हुँदा सामान्य क्षति पुगेको छ ।यसबारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । 

साझा पोष्ट
मंगलबार, चैत ७ २०७९
  • images
    माओवादी नेता आङ्बोमाथि ताप्लेजुङमा आक्रमण प्रयास
    images

     विराटनगर । नेकपा माओवादी  केन्द्र  कोशी  प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि आक्रमणको प्रयास भएको छ ।


    images
    images

    प्रदेशको नाम कोशी राखेको भन्दै असन्तुष्ट समूहले ताप्लेजुङमा आङ्बोमाथि आक्रमणको प्रयास गरेको हो ।  प्रहरीका अनुसार आङ्बो सवार गाडीमा आक्रमण हुँदा सामान्य क्षति पुगेको छ ।यसबारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । 

    मंगलबार पार्टीको कार्यक्रमका लागि ताप्लेजुङको फुङ्लिङ बजार जाने क्रममा माओवादीको कोशी प्रदेश संसदीय दलका नेता आङ्बोमाथि आक्रमण प्रयास भएको हो ।प्रदेशको नाम कोशी राखेपछि पहिचानको आधारमा नाम राख्नुपर्ने माग गर्दै आएका समूहहरु आन्दोलनमा छन् । सोमबार एक समूहले ओखलढुंगामा मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमा आक्रमणको प्रयास गरेको थियो । सुरक्षा जोखिम बढेपछि मुख्यमन्त्री भ्रमण छोट्याएर सोमबार नै विराटनगर फर्किएका थिए ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार