बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण (तस्बिरसहित)

राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण (तस्बिरसहित)

साझा पोष्ट
बुधबार, चैत ८ २०७९
  • images
    राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण (तस्बिरसहित)
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति गौशालास्थित वनकालीमा वृक्षरोपण गरेका छन् । चैत्र शुक्ल प्रतिपदालाई ब्रमाण्डको सृष्टि भएको दिन मानिन्छ । सो अवसरमा बनकाली क्षेत्रमा राष्ट्रपति पौडेलले नागचम्पा फूल रोपेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 


    images
    images

    राष्ट्रपति रामचन्द्र पौडेल वनकाली पुग्दा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापा लगायत कोषका पदाधिकारीले स्वागत गरेका थिए ।  

    Rastrapati_Brikshyaropan (3)1679460602.jpg

    वृक्षरोपण कार्यक्रमका आयोजक तथा वन मन्त्रालयका पूर्वसचिव युवराज भुसालका अनुसार पौराणिक हिसाबले आज नयाँ वर्ष परेकाले वनकाली क्षेत्रमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो । नाग देवताको पूजा नागचम्पा सेतो फूलले गरिने तथा नाग प्रशन्न हुने भएकाले राष्ट्रपति पौडेलद्वारा उक्त फूलको बिरुवा रोपण गरिएको उनको भनाइ छ ।

    Rastrapati_Brikshyaropan (2)1679460655.jpg

    वनकाली क्षेत्र कृपालु क्षेत्र भएको र नागदेवता नागचम्पा फूलले पूजा गर्दा खुसी हुने भएकाले वृक्षरोपण गरिएको आयोजकले जनाएको छ । गृह शान्ति, राष्ट्र शान्तिका लागि लुम्बिनीमा समेत राष्ट्रपति पौडेलद्वारा वृक्षरोपण गराइने योजना रहेको भुसालले बताए । 

    Rastrapati_Brikshyaropan (4)1679460685.jpg

    Rastrapati_Brikshyaropan (5)1679460701.jpg

    Rastrapati_Brikshyaropan (7)1679460720.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार