शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

थ्री नेसन्स कप फुटबलमा आज नेपाल र लाओस भिड्दै 

थ्री नेसन्स कप फुटबलमा आज नेपाल र लाओस भिड्दै 

साझा पोष्ट
बुधबार, चैत ८ २०७९
  • images
    थ्री नेसन्स कप फुटबलमा आज नेपाल र लाओस भिड्दै 
    images

    काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छन् ।


    images
    images

    प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आज लाओसको सामना गर्नेछ । नेपाल र लाओसबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । घरेलु मैदानमा नेपाल लाओसविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रनेछ । नेपाली टोलीका कप्तान किरण चेम्जोङले छोटो तयारी भएपनि लाओसविरुद्ध खेल्न नेपाली टोली तयार रहेको बताईसकेका छन् ।

    प्रतियोगिताका लागि नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले अन्गल्बर किरणको कप्तानीमा २३ सदस्सीय टिम घोषणा गरिसकेका छन् । एनीसले घोषणा गरेको टोलीमा ६ जना नयाँ खेलाडी छन् । 

    नेपालले २०१६ पछि पहिलो पटक लाओससँग खेल्न लागेको हो । एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो । जसमा २, २ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा ३, ० ले खेल जितेको थियो। 

    लाओसका मुख्य प्रशिक्षक माइकल वेसले आफुसँग युवा टोली रहेको बताउँदै राम्रो नतिजाकै लागि नेपालविरुद्ध खेल्ने बताएका छन् ।


    सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् । त्यसअघि चैत ११ गते भुटान र लाओस भिड्ने छन् । त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने छन् । 

    प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार