
काठमाडौं । नेपालले एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।
नयाँ वरियतामा नेपाल १५ औं स्थानमा उक्लिएको छ । यस अघि नेपाल १६ औं स्थानमा रहेको थियो । ओमानलाई पछि पार्दै नेपाल १५ औं स्थानमा उक्लिएको हो ।
नेपाल भन्दा पछाडी ओमान, नामिबिया, अमेरिका, युएई र पपुवा न्युगिनी रहेका छन् । एसोसियट राष्ट्र तर्फ स्कटल्यान्ड शीर्ष स्थानमा कायमै रहेको छ । स्कटल्यान्ड १२औं स्थानमा छ । एसोसियट राष्ट्रमा नेपाल भन्दा अगाडी नेदरल्यान्ड्स र स्कटल्यान्ड रहेका छन् ।
भारत वरीयताको शीर्ष स्थानमा रहँदा अष्ट्रेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ ।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९ १३:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय