बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

तिब्बतीलाई नेपाली नागरिकता बनाइदिने गिरोह प्रहरी नियन्त्रणमा

तिब्बतीलाई नेपाली नागरिकता बनाइदिने गिरोह प्रहरी नियन्त्रणमा

साझा पोष्ट
बुधबार, चैत ८ २०७९
  • images
    तिब्बतीलाई नेपाली नागरिकता बनाइदिने गिरोह प्रहरी नियन्त्रणमा
    images

    काठमाडौं । तिब्बतीलाई नेपाली नागरिकता बनाइदिने गिरोह पक्राउ परेको छ। प्रतिव्यक्ति ३ देखि ५ लाख रुपैयाँ लिएर नेपाली नागरिकता बनाइदिने गिरोह पक्राउ परेको प्रहरीले जनाएको छ। 


    images
    images

    प्रक्राउ पर्नेमा काठमाडौं बबरमहलका न्युल्केश श्रेष्ठ, ललितपुर गोदावरीका विजय लामा, झापा कचनकवलका कृष्णबहादुर कटवाल, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोप्साङ थिन्ले छन्। 

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई  बबरमहलबाट प्रक्राउ गरेको हो। अपराध महाशाखाका प्रवक्ता सोमेन्द्र सिंह राठौरका अनुसार उनीहरूको समूहले प्रतिव्यक्ति ३ देखि ५ लाख रुपैयाँ लिएर तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाउने कार्यमा संग्लन थिए। 

    अहिलेसम्म यो टोलीले १० जना तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाइदिएको जानकारी पाएको सिंहले बताए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार