शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

विश्वासको मतका लागि कांग्रेसले थप समय मागेपछि बागमतीका मुख्यमन्त्री अफ्ठ्यारोमा

विश्वासको मतका लागि कांग्रेसले थप समय मागेपछि बागमतीका मुख्यमन्त्री अफ्ठ्यारोमा

साझा पोष्ट
बुधबार, चैत ८ २०७९
  • images
    विश्वासको मतका लागि कांग्रेसले थप समय मागेपछि बागमतीका मुख्यमन्त्री अफ्ठ्यारोमा
    images

    काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिनका लागि  दुई दिन समय मागेको छ । कांग्रेसले समय मागेपछि विश्वासको मत लिने तयारीमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिक राम जमकट्टेल अप्ठ्यारोमा परेका छन् ।


    images
    images

    आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री  जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची तय गरिएको थियो । तर सत्ता गठबन्धन र प्रदेशसभाकै ठूलो दल कांग्रेसका प्रदेशसभा सदस्यहरु काठमाडौंमै छन् । 

    कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले आफूहरु मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकारात्मक रहेको र यसबिचमा केन्द्रबाट बागमती प्रदेशको नेतृत्व कांग्रेसले नै गर्ने निर्णय भएमा त्यसका लागि पनि तयार रहेको तर आजको बैठकमा भने सहभागी हुन नसक्ने बताए । 

    माओवादी संसदीय दलका नेता जम्मकट्टेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । राप्रपाले १३ फागुनमै समर्थन फिर्ता लिएर सरकार छाडेको थियो, एमाले भने सरकारमै छ । तर सत्ता गठबन्धन हेरफेर भएकाले कांग्रेसलाई समेटेर सरकार गठन गर्ने मुख्यमन्त्री जम्मकट्टेलको तयारी छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार