शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेसले विश्वासको मत दिने, अर्को बैठक १० गते बस्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेसले विश्वासको मत दिने, अर्को बैठक १० गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसले वागमती  प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ । कांग्रेस  संसदीय दलको काठमाडौंमा बसेको बैठकले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने सर्वसम्मत निर्णय गरेको हो ।

साझा पोष्ट
बुधबार, चैत ८ २०७९
  • images
    बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेसले विश्वासको मत दिने, अर्को बैठक १० गते बस्ने
    images

    काठमाडौं । नेपाली कांग्रेसले वागमती  प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ । कांग्रेस  संसदीय दलको काठमाडौंमा बसेको बैठकले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने सर्वसम्मत निर्णय गरेको हो ।


    images
    images

    मुख्यमन्त्री जम्कट्टेलले आजै विश्वासको मत लिने तयारी गरेका थिए । तर कांग्रेसले निर्णय गर्न ढिला गरेका कारण बुधबारका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले विश्वासको मत दिने या नदिने भन्नेबारे तत्काल निर्णय गर्न नसक्दा ३ बजे बोलाइएको बैठक अनिश्चित बनेको थियो ।

    बुधबार काठमाडौंमा बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले जानकारी दिए ।

    सत्ता गठबन्धनमा प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि दलहरुबीच शक्ति बाँडफाँटको विषय टुंगिएको छैन । मुख्यमन्त्री पाँचै वर्ष माओवादीले नै पाउने वा पहिले कांग्रेसले पाउने भन्ने विषयमा नेताहरुबीच विवाद हुँदा कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्न ढिला गरेको हो ।

    माओवादी संसदीय दलका नेता जमकट्टेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । राप्रपाले १३ फागुनमै समर्थन फिर्ता लिएर सरकार छाडेको थियो, एमाले भने सरकारमै छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार