Sajha Post
थ्री नेसन्स कपमा नेपालले लाओसलाई २-० गोल अन्तरले हरायो
machhapuchhre bank

काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स कपमा नेपालले लाओसलाई हराएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपालले लाओसलाई २–० गोलले हराएको हो । 

नेपालका लागि अनन्त तामाङले खेलको ३०औं र नवयुग श्रेष्ठले खेलको ५५औं मिनेटमा गोल गरे । आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले अर्को खेल चैत १४ गते भुटानसँग खेल्नेछ । 

सिङ्गल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् । विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update