शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

महिला साफ यु १७: भुटानमाथि नेपालको ५-० गोलको जित

महिला साफ यु १७: भुटानमाथि नेपालको ५-० गोलको जित

साझा पोष्ट
बिहीबार , चैत ९ २०७९
  • images
    महिला साफ यु १७: भुटानमाथि नेपालको ५-० गोलको जित
    images

    काठमाण्डाै । १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ । बङ्लादेशको ढाकामा भएको खेलमा नेपालले भुटानलाई ५–० गोल अन्तरले हराएको हो ।


    images
    images

    नेपालको जितमा वर्षा ओली र सेनु परियारले २–२ तथा दीपा रोकायाले एक गोल गरिन् । प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । नेपालले भुटानलाई हराएर २ खेलमा ३ अङ्क जोडेको छ । सोमवार भएको पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोलले पराजित भएको थियो ।

    पहिलो खेलमा भुटान बङ्लादेशसँग ८–१ गोलले पराजित भएको थियो । प्रतियोगितामा आयोजक बङ्लादेशसहित नेपाल, भारत, भुटान र रुस सहभागी छन् । अब नेपालले तेस्रो खेल आइतवार रुससँग खेल्नेछ ।

    यस्तै, नेपालले आगामी मङ्गलवार आयोजक बङ्लादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार