बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

संसदीय समिति नबनाई अधिवेशन सकिने संकेत, सांसदहरु फुर्सदिला

संसदीय समिति नबनाई अधिवेशन सकिने संकेत, सांसदहरु फुर्सदिला

काठमाडौं । मिनी संसद्का रूपमा चिनिने संसदीय समिति गठन नगरी संसद्को पहिलो अधिवेशन सकिने संकेत देखिएको छ । राज्य सञ्चालनका लागि कानुन बनाउने थलोका रूपमा रहेको संसद्ले अहिलेसम्म प्रतिनिधिसभा नियमावली पास गरेको छैन । 

साझा पोष्ट
बिहीबार , चैत ९ २०७९
  • images
    संसदीय समिति नबनाई अधिवेशन सकिने संकेत, सांसदहरु फुर्सदिला
    images

    काठमाडौं । मिनी संसद्का रूपमा चिनिने संसदीय समिति गठन नगरी संसद्को पहिलो अधिवेशन सकिने संकेत देखिएको छ । राज्य सञ्चालनका लागि कानुन बनाउने थलोका रूपमा रहेको संसद्ले अहिलेसम्म प्रतिनिधिसभा नियमावली पास गरेको छैन । 


    images
    images

    नियमावली पास नहुँदा संसदीय समिति गठनको प्रक्रिया रोकिएको छ । यही अवधिमा अधिवेदन सकिएमा सांसदहरु कामविहिन हुनेछन् । पुस २५ मा आह्वान भएको हिउँदे अधिवेशन ढिलोमा २० चैतसम्म चल्ने र बजेट अधिवेशन बोलाउन एक महिना समय राख्नुपर्ने प्रावधानका कारण चालू अधिवेशन अन्त्य हुने समय नजिक पुगेको छ । 

    जसका कारण बढीमा १० दिन चल्ने अधिवेशनभित्र नियमावली पारित भएर संसदीय समिति गठन हुनेमा आशंका छ । सरकारलाई संसद्प्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए–गरेका काम–कारबाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय–सल्लाह दिन प्रतिनिधिसभामा १० समिति गठन गर्ने व्यवस्था छ । दुईवटा समिति राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्य रहने संयुक्त समिति हुन्छन् । 

    प्रतिनिधिसभा नियमावलीको मस्यौदा महिना दिनदेखि सदनमा थन्किँदा संसद् आफैँ कानुनविहीन अवस्थामा छ । अधिवेशन सुरु भएको दुई महिना बितिसक्दा पनि प्रतिनिधिसभाले आफ्नै कानुन बनाउन सकेको छैन, जसले कामकारबाही प्रभावित भएका छन् । 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार