बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीसहित चार दलको तयारी 

लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीसहित चार दलको तयारी 

दाङ । नेकपा माओवादी केन्द्रसहितका दलहरुले एमाले नेतृत्वको  लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन । माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका हुन । त्यसका लागि उनीहरु आन्तरिक छलफलमा छन् । 

साझा पोष्ट
बिहीबार , चैत ९ २०७९
  • images
    लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीसहित चार दलको तयारी 
    images

    दाङ । नेकपा माओवादी केन्द्रसहितका दलहरुले एमाले नेतृत्वको  लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन । माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका हुन । त्यसका लागि उनीहरु आन्तरिक छलफलमा छन् । 


    images
    images

    माओवादी केन्द्रका लुम्विनी प्रदेश अध्यक्ष सुदर्शन बरालका अनुुसार लुम्विनी प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक सबै दलहरु बाहिरिने तयारीमा छन । एमाले र राप्रपा बाहेकका दलहरुबीच आन्तरिक छलफल समेत भइरहेको उनले बताए । 
    गत पुुस २७ गते नेकपा माओवादी केन्द्रसहित नागरिक उन्मुक्ति पार्टी, लोसपा, जसपा, राप्रपा र स्वतन्त्र सांसदको समर्थनमा एमालेको नतृत्वमा सरकार बनेको थियो । पाँच दल र स्वतन्त्र सासदहरुको समर्थनमा लुम्बिनी प्रदेश सरकारको मुुख्यमन्त्री लीला गिरीले माघ ५ विश्वासका मत पाएका थिए ।

    सरकार गठनका लागि समर्थन दिएका दलहरुले समर्थन फिर्ता लिने तयारीसँगै लुम्विनी प्रदेश सरकार अल्पमतमा पर्नेछ । बिहीबार (आज) नेपाली कांग्रेस, माओवादी केन्द्र , नागरिक उन्मुक्ति, जसपा, लोपसा र स्वतन्त्र सासंदहरुबीच छलफल हुन लागेको छ । लुम्बिनी प्रदेशका ८७ सांसद मध्ये सरकार गठनका लागि ४४ जनाको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री लीला गिरीले एमाले २९ , माओवादी केन्द्र ९, नागरिक उन्मुक्ति ४, राप्रपा ४, लोसपा ३, जसपा ३ र स्वतन्त्र सांसद ३ गरी ५५ जना सासंदको समर्थन पाएका थिए । अब मुख्यमन्त्री गिरीले एमाले र राप्रपाका गरी ३३ सांसदले मात्र साथ पाउने देखिन्छ । 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार