Sajha Post
भारतमा कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय 

काठमाडौं । भारतको एउटा अदालतले कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको छ ।

सुरतको अदालतले ४ वर्ष पुरानो  मानहानीसम्बन्धी मुद्दामा गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको हो ।

अदालतले गान्धीलाई यो सजायविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न एक महिनाको समय पनि दिएको छ ।

सन् २०१९ को लोकसभा चुनावका क्रममा कर्नाटकको एउटा कार्यक्रममा गान्धीले मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर अदालतमा मुद्दा परेको थियो । त्यही मुद्दामा उनलाई जेल सजाय सुनाइएको हो । राहुल गान्धीले चुनावी भाषणका क्रममा नीरव मोदी, ललित मोदी, नरेन्द्र मोदी सबैको थर मोदी रहेकोमा 'सबै चोरको थर किन मोदी छ ? ' भनेका थिए ।

भारतीय संचार माध्यमका अनुसार राहुल १० हजार धरौटीमा रिहा भएका छन् । 

machhapuchhre bank

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update