शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

उपेन्द्र यादवलाई बारा २ मा रोक्ने घोषणासहित सीके राउतले भने: फिरंगीको कुनै गुञ्जायस छैन 

उपेन्द्र यादवलाई बारा २ मा रोक्ने घोषणासहित सीके राउतले भने: फिरंगीको कुनै गुञ्जायस छैन 

काठमाडौं ।  जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा २ को उपचुनावमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई रोक्ने घोषणा गरेका छन् । सत्ता गठबन्धनमा सँगै रहेपनि उनले उपेन्द्र यादवका विरुद्ध जनमत पार्टीले उम्मेदवार खडा गर्ने र जित्ने दाबी गरेका छन । 

साझा पोष्ट
बिहीबार , चैत ९ २०७९
  • images
    उपेन्द्र यादवलाई बारा २ मा रोक्ने घोषणासहित सीके राउतले भने: फिरंगीको कुनै गुञ्जायस छैन 
    images

    काठमाडौं ।  जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा २ को उपचुनावमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई रोक्ने घोषणा गरेका छन् । सत्ता गठबन्धनमा सँगै रहेपनि उनले उपेन्द्र यादवका विरुद्ध जनमत पार्टीले उम्मेदवार खडा गर्ने र जित्ने दाबी गरेका छन । 
    पार्टी प्रवेश कार्यक्रममा बारा पुगेका राउतले  उपेन्द्र यादवप्रति लक्षित गर्दै बाहिरी फिरंगी उम्मेदवारको कुनै गुञ्जायस नरहेको समेत बताएका छन् ।


    images
    images

    ‘माताको यो दरवारमा स्वाभिमानी वीर योद्धाहरूको यो भूमिमा कुनै बाहिरी फिरंगी उम्मेदवार चण्डमुण्डको कुनै गुन्जायस छैन ।' राउतले भनेका छन्, यहाँ हरेक हालतमा जनमत पार्टी हौरन छाप नै विजयी हुनेछ ।’

    यसैबीच उनले महागढीमाईको दर्शन गर्दै मिसन बारा–२ को आरम्भसमेत गरेका छन् । बारा २ बाट निर्वाचित सांसद रामसहाय यादव उपराष्ट्रपति भएपछि रिक्त रहेको सो क्षेत्रमा उपेन्द्र सत्ता गठबन्धनको साझा उम्मेदवार बन्ने प्रयासमा छन् । उपराष्ट्रपति चुनावमा पनि राउतले ममता झालाई उम्मेदवार बनाएका थिए । मंसिरमा भएको चुनावमा सप्तरी २ मा उपेन्द्र यादवलाई हराउँदै राउतले आफ्नो पहिलो संसद यात्रा तय गरेका थिए । 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार