मंगलबार, वैशाख ४ गते २०८१
Logo
मंगलबार, वैशाख ४ गते २०८१

एसीसी प्रिमियर कप: नेपालको पहिलो प्रतिद्वन्द्वी मलेसिया, ओमान र कतार पनि नेपालकै समूहमा

एसीसी प्रिमियर कप: नेपालको पहिलो प्रतिद्वन्द्वी मलेसिया, ओमान र कतार पनि नेपालकै समूहमा

साझा पोष्ट
बिहीबार , चैत ९ २०७९
  • images
    एसीसी प्रिमियर कप: नेपालको पहिलो प्रतिद्वन्द्वी मलेसिया, ओमान र कतार पनि नेपालकै समूहमा
    images

    काठमाडौं ।  एसियन क्रिकेट काउन्सिल (एसिसी ) ले अर्को महिना नेपालले हुने प्रिमियर कपको समूह र खेल तालिका परिवर्तन गर्दै सार्वजनिक गरेको छ ।


    images
    images

    नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरब छन् । यसअघि नेपाल, युएई र कुवेत एकै समूहमा थिए । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

    प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म   हुनेछ । पहिलो खेलमा नेपालले वैशाख ५ गते मलेसियासँग खेल्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ गतेओमानसँग टियुमा खेल्नेछ । नेपाल र ओमानबीचको ओडिआई मान्यता हुनेछ ।

    नेपालले वैशाख ११ मा साउदी अरेवियासँग मुलपानीमा खेल्नेछ । नेपालले वैशाख १४ मा  कतारसँग टियुमा खेल्नेछ ।सेमिफाइनल वैशाख १६ गते हुनेछ । फाइनल वैशाख १८ गते टियुमा हुनेछ ।  फाइनलको दिन पानी परेमा एक दिन रिजरर्भ डे राखिएको छ । 

    प्रतियोगिताको विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार