बुधबार, वैशाख ५ गते २०८१
Logo
बुधबार, वैशाख ५ गते २०८१

सरकारमा जान्छौं तर सम्मानजनक सहभागिता चाहिन्छः लोसपा

सरकारमा जान्छौं तर सम्मानजनक सहभागिता चाहिन्छः लोसपा

साझा पोष्ट
बिहीबार , चैत ९ २०७९
  • images
    सरकारमा जान्छौं तर सम्मानजनक सहभागिता चाहिन्छः लोसपा
    images

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) ले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएको छ । 


    images
    images

    बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले सरकारमा सहभागी हुने दलहरुलाई सम्मानजनक सहभागिता गराउनुपर्ने बताएका हुन् । 

    उनले निर्वाचन अघिको नै गठबन्धन ब्युँतिएकाले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने र गठबन्धनलाई पाँच वर्ष नै टिकाएर लैजान पार्टीले भुमिका खेल्ने बताए । उनले गठबन्धनलाई ५ वर्ष टिकाएर जनताको अपेक्षाअनुसारको सुविधा दिने र सुशासन, समृद्धि र कानूनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झक्झकाउने निर्णय बैठकले गरेको जानकारी दिए । 

    बैठकले बैशाख १० हुने उपनिर्वाचनमा भाग लिनका लागि आवश्यक तयारी गर्ने उनले बताए। अहिलेको गठबन्धन सरकार सञ्चालनका लागि मात्रै भएकाले निर्वाचनमा भने पार्टीले आफू अनुकूलको तयारी गर्ने भण्डारीको भनाइ छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार