बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

'अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैन'

'अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैन'

काठमाडौं ।  उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पुँजिगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न र व्यापार घाटा कम गर्न नसकेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताएका छन् । बिहीवार नेपाल—इटली उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पुँजिगत खर्च बढाउनुपर्नेमा जोड दिएका हुन ।  

साझा पोष्ट
बिहीबार , चैत ९ २०७९
  • images
    'अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैन'
    images

    काठमाडौं ।  उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पुँजिगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न र व्यापार घाटा कम गर्न नसकेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताएका छन् । 


    images
    images


    बिहीवार नेपाल—इटली उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पुँजिगत खर्च बढाउनुपर्नेमा जोड दिएका हुन ।  

    देशमा सुशासन कायम गर्न ,पुँजिगत खर्च कार्यान्वयनको क्षमता वृद्धि  र व्यापार घाटा कम गर्न नसके समृद्धिको जतिसुकै नारा लगाएपनि देशको अर्थतन्त्र चलायमान हुन उनले बताए । अर्थतन्त्रको गतिलाई अघि बढाउन र समृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नरहेको पनि उनले बताए ।

     उनले नेपालको धेरै ठूलो व्यापार घाटा रहेको भन्दै व्यापार घाटा घटाउन उत्पादनको वृद्धि, आयात प्रतिष्थापनद्वारा आयात नियन्त्रण र निर्यात प्रवद्र्धन गर्न जरुरी रहेको बताए । 

     ‘भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासन, पुँजिगत खर्चमा वृद्धि, त्यसको कार्यान्वयन क्षमतामा वृद्धि हो । व्यापार घाटा, जो भीमकाय छ, त्यसलाई घटाउनु हो, व्यापार घाटा सम्बन्धमा स्वभाविक रुपमा तीन वटा कुरा हामीले गर्नैपर्छ । उत्पादनको वृद्धि गर्ने, आयात प्रतिष्थापन गर्ने र त्यसद्वारा आयात नियन्त्रण गर्ने, कृत्रिम आयात नियन्त्रण होइन, आयात प्रतिष्थापन गर्ने प्रक्रियाद्वारा आयात नियन्त्रण गर्ने र निर्यात प्रवद्र्धन गरेर मात्रै हामीले व्यापार घाटा कम गर्नसक्छौँ ।’ उनले भने, हामीले यदी सुशासन कायम गर्न सकेनौँ, पुँजिगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न सकेनौँ र व्यापार घाटा कम गर्न सकेनौँ भने समृद्धिको जतिसुकै नारा लगाएपनि हाम्रो अर्थतन्त्र चलायमान हुन सक्दैन । यसको गति अघि बढ्न सक्दैन । यसले देशको समृद्धिको लक्ष्य पूरा गर्न सक्दैन । यसमा सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने आवश्यक्ता छ ।’ 

    nepal-itali1679572230.jpg

    मन्त्री श्रेष्ठले नेपाल र इटलीबीचको कुटनीतिक सम्बन्धलाई नागरिकस्तरमा विकास गर्दै दुई मुलुकबीच एक अर्काका उत्पादन आदानप्रदान गर्ने र नेपालमा इटालीका पर्यटक भित्र्याउने काम गर्नुपर्नेमा जोड दिए ।  नेपालले इटलीमा वार्षिक १ अर्ब १४ करोडको सामान निर्यात गर्ने गरेको र इटलीसँग नेपालको व्यापार घाटा २ अर्ब ९६ करोड रुपैयाँ रहेको उनले बताए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार