बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

प्रधानसेनापतिको आक्रोशः सेनाको संख्या आइएनजीओ, एनजीओका स्वघोषित विज्ञले तोक्ने होईन

प्रधानसेनापतिको आक्रोशः सेनाको संख्या आइएनजीओ, एनजीओका स्वघोषित विज्ञले तोक्ने होईन

साझा पोष्ट
बिहीबार , चैत ९ २०७९
  • images
    प्रधानसेनापतिको आक्रोशः सेनाको संख्या आइएनजीओ, एनजीओका स्वघोषित विज्ञले तोक्ने होईन
    images

    पाेखरा । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्वाह गरिरहेको जिम्मेवारीबारे दुष्प्रचार भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 


    images
    images

    पश्चिम पृतना हेडक्वाटर पोखरा फूलबारीमा बिहीबार आयोजित प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले  दुष्प्रचार गर्नेहरु कुनै वर्ग र त्यसका अंशियार भएको आरोप लगाए । उनले नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्न नमिल्ने र त्यो काम सरकारको भएको बताए । 

    ‘समय समयमा कसको इशारामा हो, बाहिरी व्यक्तिहरुबाट नेपाली सेनाको संख्या यति हुनुपर्छ, उति हुनुपर्छ र यस्तो साइजको हुनुपर्छ, राइट साइजिङ हुनुपर्छ र अन्य किसिमको भन्ने नचाहिँदो नचाहिँदो कुरा पनि हुने गर्छ,’ सेनापति शर्माले भने, ‘यो  हाँस्यास्पद हो भन्न चाहन्छु । कुनै आइएनजीओ, एनजीओमा बसेर आफैँ स्वघोषित प्राज्ञ, स्वघोषित विज्ञ, सुरक्षाविज्ञ भन्नेहरुले यो गर्ने होइन। यो नेपाल सरकारको काम हो ।’ 

    उनले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट भइरहेको अनर्गल प्रचारबाट टाढा रहन आग्रह गर्दै नेपाली सेनाबारे बुझ्न परे आधिकारिक वेबसाइट, नेपाल सरकारका निर्देशन अध्ययन गर्न सुझाव दिए । 

    उनले नेपाली सेनाले देशको अर्थतन्त्रमा ठूलो योगदानसहित कल्याणकारी काम गरेको  जिकिर पनि गरे। 

    अहिले नेपाली सेनाको कल्याणकारी कोषमा ७३ अर्ब रुपैयाँ रहेको र त्यसको  ब्याजबाट प्राप्त १३ करोड ३७ लाख रुपैयाँ कल्याणकारी काममा खर्च हुने गरेको बताए। 

    नेपाली सेनाले शान्ति सेनामा गएर नेपालभित्र वर्षको २२ करोड अमेरिकी डलर तथा वायु सेवा निगम प्रयोग गरी वार्षिक २ देखि ३ करोड अमेरिकी डलर विदेशी मुद्रा भित्र्याएर नेपालको अर्थतन्त्रलाई सहयोग गरेको उनकाे दाबी छ । उनले सेनाले मेडिकल कलेज तथा यसवर्षबाट इञ्जिनियरिङ कलेज सञ्चालन गर्न लागेको जानकारी पनि दिए। 

    फूलबारी ब्यारेकमा आयोजित सम्मेलन तथा स्वास्थ्य शिविरमा मनाङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा स्थायी बसोबास गर्ने ३ हजार ८९४ भूपू सैनिक सहभागी रहेकाे सेनाले जनाएको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार