बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

पहिलो विदेश भ्रमणका रुपमा प्रधानमन्त्री प्रचण्ड वैशाख दोस्रो हप्तासम्म भारत जाने

पहिलो विदेश भ्रमणका रुपमा प्रधानमन्त्री प्रचण्ड वैशाख दोस्रो हप्तासम्म भारत जाने

साझा पोष्ट
बिहीबार , चैत ९ २०७९
  • images
    पहिलो विदेश भ्रमणका रुपमा प्रधानमन्त्री प्रचण्ड वैशाख दोस्रो हप्तासम्म भारत जाने
    images

    नयाँ दिल्ली ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताएकी छिन् ।  


    images
    images

    बिहीबार भारतको दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली राजदूतावासमा प्रवासी नेपालीसँगको भेटवार्ताका क्रममा न्युज एजेन्सी नेपालका दिल्ली प्रतिनिधिसँग कुरा गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।  

    मन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डले पहिलो विदेश भ्रमण भारतबाट नै सुरु गर्ने र अप्रिल महिनासम्ममा भ्रमण भइसक्ने जानकारी आफूले भारत सरकारलाई दिएको बताइन् । मन्त्री शर्माले भनिन्, ‘'उहाँहरुले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर जिज्ञासा राख्नुभएको थियो। हामीले प्रधानमन्त्रीले सम्भवतः भारतबाट नै विदेश भ्रमण गर्नु हुन्छ भनेका छौँ। सरकार विस्तार भएपछि प्रधानमन्त्रीको भारत भ्रमण हुन्छ भनेका छौँ। अप्रिल महिनामा हुन्छ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार