शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण आज सार्वजनिक हुँदै

राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण आज सार्वजनिक हुँदै

साझा पोष्ट
शुक्रबार, चैत १० २०७९
  • images
    राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण आज सार्वजनिक हुँदै
    images

    काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण आज सार्वजनिक गर्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्ने कार्यालयले जनाएको छ । 


    images
    images

    २०७८ माघमा सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो । पूर्ण विवरण सार्वजनिक हुँदा प्रारम्भिक विवरणको जनसङ्ख्याभन्दा करिब पाँच लाख जनसङ्ख्या घट्ने अनुमान गरिएको कार्यालयले जनाएको छ । 

    ०७८ साल कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म राष्ट्रिय जनगणना गरिएको थियो । 

    कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेका अनुसार पूर्ण विवरण सार्वजनिक गर्दा जातजाति, भाषा र धर्मबाहेकका सबै विवरण सार्वजनिक हुनेछन् । जातजाति, भाषा र धर्मसम्बन्धी विवरण सार्वजनिक गर्न तयारी नपुगेको र सरोकारवालासँग थप छलफल गर्न बाँकी भएकाले पूर्ण विवरणमा नआउने उनले बताए । 

    पूर्ण विवरणमा भने लिङ्ग र उमेरअनुसारका विवरण, जन्म, मृत्यु, बसाइँसराइ, अपाङ्गता भएका व्यक्तिको विवरण, लैङ्गिक र अल्पसङ्ख्यक, कुल रोजगार र बेरोजगारको विवरण, नेपालमा भएका कुल घर र घरको प्रयोजनका बारेमा पूर्ण विवरणमा समावेश गरिनेछन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार