बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

नेपाल प्रहरीले आज नयाँ नेतृत्व पाउँदै, पहिलो पटक महिला अधिकृत पनि प्रतिष्पर्धामा

नेपाल प्रहरीले आज नयाँ नेतृत्व पाउँदै, पहिलो पटक महिला अधिकृत पनि प्रतिष्पर्धामा

साझा पोष्ट
शुक्रबार, चैत १० २०७९
  • images
    नेपाल प्रहरीले आज नयाँ नेतृत्व पाउँदै, पहिलो पटक महिला अधिकृत पनि प्रतिष्पर्धामा
    images

    काठमाडौं । नेपाल प्रहरीमा आज नयाँ महानिरीक्षक (आइजी) नियुक्त हुने भएका छन्। आज अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद्‌को बैठकले आइजी नियुक्त गर्न लागेको हो। 


    images
    images

    बिहीबार बस्ने नियमित बैठकमा आइजी नियुक्ति गर्ने भनिएपनि शुक्रबारका लागि सारिएको थियो। हालका महानिरीक्षक धीरज प्रताप सिंह आजैदेखि अनिवार्य अवकाशमा जाँदैछन्। उनले ३० वर्ष सेवा अवधि पूरा गरेका छन्।

    आइजीका लागि ५ जना अतिरिक्त महानिरीक्षक (एआइजी)हरू प्रतिस्पर्धी छन्। बसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धी हुन्।

    किरण बज्राचार्य आइजीको प्रतिस्पर्धामा हुने पहिलो महिला प्रहरी अधिकृत हुन्। यसअघिसम्म नेपाल प्रहरीले आइजीको प्रतिस्पर्धामा महिलासमेत पाएको थिएन। पाँचजना एआइजीहरूमध्ये एकजना नेपाल प्रहरीको ३०औं आइजीका लागि बढुवा हुनेछन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार