Sajha Post
संघमा तीन मन्त्री र एक मुख्यमन्त्रीमा माधव नेपालको दाबी 
machhapuchhre bank

काठमाडौं । नेकपा एकीकृत समाजवादीले संघमा तीन मन्त्री र प्रदेशमा एक मुख्यमन्त्री दावी गरेको छ । बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर अध्यक्ष माधवकुमार नेपालले यस्तो दावी गरेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन् । त्यसका लागि प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित गठबन्धनमा रहेका नेताहरुसँग एक्लाएक्लै भेटेर मन्त्रालय भागबण्डा र प्रदेश मुख्यमन्त्रीका बारेमा छलफल गरिरहेका छन् । 

सत्तारुढ दलको आज बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले भागबण्डाको ठोस प्रस्ताव पेस गर्ने र त्यसपछि मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update