शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

काठमाडौंमा सबैभन्दा धेरै र मनाङमा थोरै जनसंख्या, प्रदेशमा बागमती अगाडि

काठमाडौंमा सबैभन्दा धेरै र मनाङमा थोरै जनसंख्या, प्रदेशमा बागमती अगाडि

काठमाडौं । जनगणना–२०७८ को अन्तिम नतिजा सार्वजनिक भएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमका बीच अन्तिम नतिजा सार्वजनिक गरेका हुन् । अन्तिम नतिजाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । 

साझा पोष्ट
शुक्रबार, चैत १० २०७९
  • images
    काठमाडौंमा सबैभन्दा धेरै र मनाङमा थोरै जनसंख्या, प्रदेशमा बागमती अगाडि
    images

    काठमाडौं । जनगणना–२०७८ को अन्तिम नतिजा सार्वजनिक भएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमका बीच अन्तिम नतिजा सार्वजनिक गरेका हुन् । अन्तिम नतिजाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । 


    images
    images

    नतिजाअनुसार सबैभन्दा बढी जनसंख्या काठमाडौंमा रहेको छ । काठमाडौंको जनसंख्या २० लाख ४१ हजार ५८७ रहेको छ । त्यस्तै सबैभन्दा कम भने मनाङ जिल्लाको जनसंख्या रहेको छ । मनाङमा ५ हजार ६५८ जनाको अक्सर बसोबास रहेको जनगणनामा उल्ल्खे छ ।

    मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ धेरै जनसंख्या भएका जिल्लाहरू हुन् । कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्दछन् ।

    राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार प्रदेशगत रूपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०‍.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ ।

    जुन गत २०६८ को जनगणनामा क्रमशः २०.८७ र ५.९३ प्रतिशत रहेको थियो । यसैगरी, मधेस प्रदेशमा दोस्रो ठूलो जनसंख्या रहेको छ । २०७८ मा जनसंख्याको आकारको हिसाबले तेस्रो, चौथो, पाँचौँ र छैटौँ क्रमशः कोशी, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेश रहेका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार