बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

राहुल गान्धीको सांसद पद खारेज 

राहुल गान्धीको सांसद पद खारेज 

साझा पोष्ट
शुक्रबार, चैत १० २०७९
  • images
    राहुल गान्धीको सांसद पद खारेज 
    images

     काठमाडौं । चार वर्ष पुरानो मानहानीको घटनालाई लिएर कंग्रेस आईका नेता राहुल गान्धीलाई  सजाय भएको एक दिनपछि शुक्रबार उनको लोकसभा सदस्यता रद्द गरिएको छ ।


    images
    images

    लोकसभा सचिवालयले एक सूचना जारी गर्दै यस्तो जनाएको बीबीसी हिन्दीले जनाएको छ । सूचनामा सजाय सुनाइएको दिन अर्थात विहीवारदेखि केरलको वायनाड लोकसभा सिटको सांसदबाट गान्धीलाई अयोग्य घोषणा गरिएको उल्लेख छ ।  यसअघि बिहीबार राहुललाई सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको घटनामा २ वर्षको सजाय सुनाएको थियो ।

    अदालतले गान्धीलाई १५ हजार जरिवाना पनि तोकेको छ । तर उनलाई फैसलाविरुद्ध अदालतमा अपिल गर्नका लागि एक महिनाको समय दिइएको छ ।

    सन् २०१९ मा गान्धीले मोदी थरलाई लिएर एउटा टिप्पणी गरेका थिए । मुद्दाको सुनुवाइ भइरहेका बेला राहुल सुरत अदालतमा उपस्थितसमेत थिए । राहुलले कथित रूपमा एक बयानमा 'किन सबै चोरका थर मोदी छ ?' भनेको आरोप लागेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार