
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको बागमती प्रदेशसभाको बैठकमा जम्कट्टेलले दोश्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् ।
विश्वासको मतका लागि भएको मत बिभाजनमा जम्कट्टेलको पक्षमा ६७ मत परेको थियो भने बिपक्षमा १७ मत परेको थियो । त्यस्तै राप्रपा र नेमकिपाका गरी ७ सांसद तटस्थ बसेका छन् ।
जम्कट्टेललाई कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली दलले मत दिएको थियो भने विपक्षमा नेकपा एमालेका सांसदले मतदान गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९ १६:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय