शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

बसन्त कुँवर बने प्रहरीको नयाँ कमाण्डर

बसन्त कुँवर बने प्रहरीको नयाँ कमाण्डर

साझा पोष्ट
शुक्रबार, चैत १० २०७९
  • images
    बसन्त कुँवर बने प्रहरीको नयाँ कमाण्डर
    images

    काठमाडौं । सरकारले  बसन्त कुँवरलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई आईजीपी नियुक्त गरेको हो ।


    images
    images

    सरकारको निर्णयसँगै कुँवर नेपाल प्रहरीको ३०औं प्रहरी महानिरीक्षक बन्न सफल भएका छन् । प्रहरी महानिरीक्षकका पाँच जना प्रतिस्पर्धी मध्ये वरियतामा कुँवर एक नम्बरमा थिए ।

     

     

     

    प्रहरी महानिरीक्षक बन्ने तिव्र प्रतिस्पर्धामा रहेका श्यामलाल ज्ञवालीलाई कुँवरले पछि पारेका हुन् । कुँवर २०५१ चैत ५ मा प्रहरी महानिरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । यस पटक आईजीपी नियुक्त गर्दा सरकारले वरीयता कायम राखेको छ ।

     

    वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षकमा बढुवा हुँदा कुँवर एक नम्बर वरियतामा बढुवा भए । चैत ६ मा मन्त्रिपरिषद्ले कुँवरसहित ५ जनालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो । एआईजी हुँदा पनि कुँवर एक नम्बर वरियतामा थिए । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार