शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

 फिफा महिला वरियतामा नेपाल तीन स्थान माथि उक्लियो 

 फिफा महिला वरियतामा नेपाल तीन स्थान माथि उक्लियो 

साझा पोष्ट
शुक्रबार, चैत १० २०७९
  • images
     फिफा महिला वरियतामा नेपाल तीन स्थान माथि उक्लियो 
    images

    काठमाडौं । नेपालको फिफा महिला वरियतामा सुधार भएको छ ।


    images
    images

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार  नेपाल तीन स्थान माथि उक्लिएको छ । 

    पहिले १०३ औं स्थानमा रहेको नेपाल नयाँ वरियतामा  १०० औं स्थानमा छ ।एसियाली राष्ट्रको वरियतामा भने नेपाल २० औं स्थानमा  छ । यस्तै दक्षिण एसियाली राष्ट्रको वरियता नेपाल दोस्रो स्थानमा  छ । नेपाल भन्दा अघि रहेको भारत ६१ औं स्थानमा छ ।विश्व वरियतामा अमेरिका शीर्ष स्थानमा यथावत छ । यस्तै जर्मनी दोस्रो स्थानमा छ भने स्विडेन तेस्रो स्थानमा  छ।

    इंग्ल्यान्ड चौंथो र फ्रान्स पाँचौं स्थानमा  छ ।त्यस्तै क्यानडा छैठौं,  स्पेन सातौं, नेदरल्यान्ड्स आठौं,  ब्राजिल नवौं र अष्ट्रेलिया १० औं स्थानमा छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार