बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

अनलाइनको संख्या बढेपनि विश्वसनीयता घट्यो: अध्यक्ष बस्नेत

अनलाइनको संख्या बढेपनि विश्वसनीयता घट्यो: अध्यक्ष बस्नेत

साझा पोष्ट
शुक्रबार, चैत १० २०७९
  • images
    अनलाइनको संख्या बढेपनि विश्वसनीयता घट्यो: अध्यक्ष बस्नेत
    images

    काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन सञ्चारमाध्यमको संख्या बढे पनि विश्वसनीयता घट्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।


    images
    images

    काउन्सिलले शुक्रवार गरेको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले पत्रकारिता बाहेकका पृष्ठभूमि र अध्ययनबाट अनलाइन दर्ताको बाढी देखिएको टिप्पणी गरे । त्यसैले गुणस्तरीयता र विश्वसनीयतामा सबैको ध्यान पुग्नुपर्नेमा उनले जोड दिए ।  

    बस्नेतले मिडिया जगतका अहिलेका समस्या समाधान गरेर पत्रकारिता क्षेत्रलाई मर्यादित र विश्वसनीय बनाउन सम्बद्ध सबै निकायको प्राथमिकतामा पर्नुपर्ने बस्नेतले बताए । प्रेस काउन्सिलबाट एक वर्षदेखि विभिन्न पृष्ठभूमिबाट आएका अनलाइन सञ्चालक र सम्पादकलाई नियमित अभिमुखिकरण कक्षा हुँदै आएको र यसलाई निरन्तरता दिने उनले जानकारी दिए ।

    अभिमुखीकरणमा विज्ञकारुपमा सहभागी वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा. सुरेश आचार्यले पत्रकारितामा विश्वसनीयता जोगाउनु अहिलेको चुनौती रहेको बताए । उनले  पत्रकार आचारसंहिताको पूर्णतः पालनाबाट मात्रै विश्वसनीयता कायम राखिराख्न सकिने तर्फ सबैको ध्यानाकर्षण गरे । 

    शुक्रबारको कक्षामा ३४ नयाँ अनलाइनका सञ्चालक र सम्पादक सहभागी थिए ।

    शुक्रबारको २२ औँ श्रृङ्खलामा वरिष्ठ पत्रकार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्य र काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विषय विज्ञकारूपमा कक्षा लिएका थिए भने काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले सहजीकरण गरेका थिए । 

    काउन्सिलले एक वर्ष अघिदेखि अनलाइन सूचीकरणपूर्व अनिवार्य आचारसंहिता अभिमुखीकरण कक्षा लिनुपर्ने व्यवस्था गरेको छ।एक वर्षमा ६ सय ७१ अनलाइनका सञ्चालक र सम्पादकले अभिमुखीकरण कक्षा लिएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार