बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

आधाभन्दा बढी जनसंख्याद्वारा खाना पकाउन दाउराको प्रयोग

आधाभन्दा बढी जनसंख्याद्वारा खाना पकाउन दाउराको प्रयोग

साझा पोष्ट
शुक्रबार, चैत १० २०७९
  • images
    आधाभन्दा बढी जनसंख्याद्वारा खाना पकाउन दाउराको प्रयोग
    images

     काठमाडौं । नेपालमा अझै पनि आधाभन्दा बढी जनसंख्याले खाना पकाउन दाउराको प्रयोग गर्ने गरेका छन् । शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना–२०७८  अनुसार देशका कुल परिवारमध्ये आधा भन्दा बढी (५१ प्रतिशत) परिवारले खाना पकाउन  काठ/दाउरा प्रयोग गर्ने गरेको खुलेको हो । तर पहिले भन्दा यो घटेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार ६४.० प्रतिशतले खाना पकाउन अक्सर दाउरा प्रयोग गर्ने गरेका थिए ।


    images
    images


    खाना पकाउन  एल.पी.ग्याँस, बिजुली, गुइँठारगोरहा, बायोग्यास, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवारको प्रतिशत क्रमशः ४४.३, ०.५, २.९, १।२, ०.०५ र ०.१ छ । अघिल्लो जनगणनाको तथ्यांकको तुलनामा यस पटक दाउरा प्रयोग गर्नेको संख्या १३ प्रतिशतले घटेको हो । 

    नेपालको कुल जनसंख्या भने २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ .छ । जनगणनाले धेरैजसो घरपरिवारले आफू बसोबास गरेको घर/आवासीय एकाइमा बत्ती बाल्न अक्सर बिजुली प्रयोग गर्ने गरेकाे पाइएकाे छ । 

    गत जनगणनामा बिजुली प्रयोग गर्ने परिवार ६७।३ प्रतिशत प्रतिशत रहेकोमा हाल सो अंशमा उल्लेख्य वृद्धि भई ९२।२ प्रतिशत पुगेको छ । बत्ती बाल्नका लागि अक्सर सोलार/सौर्य ऊर्जा, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवार क्रमशः ६.६, ०.६, र ०.६ प्रतिशत छन् । २०६८ मा बत्ती बाल्नका लागि  मट्टितेल, सोलार र अन्य इन्धन प्रयोग गर्ने परिवार क्रमशः १८.३, ७.४ र ६.१ प्रतिशत थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार