मंगलबार, वैशाख ११ गते २०८१
Logo
मंगलबार, वैशाख ११ गते २०८१

७३ प्रतिशत नेपालीकाे स्मार्ट मोबाइल फोनमा पहुँच

७३ प्रतिशत नेपालीकाे स्मार्ट मोबाइल फोनमा पहुँच

साझा पोष्ट
शुक्रबार, चैत १० २०७९
  • images
    ७३ प्रतिशत नेपालीकाे स्मार्ट मोबाइल फोनमा पहुँच
    images

    काठमाडौं ।  नेपालमा बस्ने ७३ प्रतिशत मानिसको स्मार्ट मोबाइल फोनमा पहुँचमा देखिएको छ । शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालमा बस्ने मध्ये ७३ प्रतिशत मानिससँग स्मार्ट मोबाइल फोनको पहुँच देखिएको हो । 


    images
    images

     जनगणनामा देशका हरेक परिवारमा भएका साधन तथा सेवा सुविधाहरूका विवरण संकलन गर्न रेडियो, टेलिभिजन, ल्यान्डलाइन, मोबाइल फोन, कम्प्युटर, इन्टरनेट, सवारीसाधन लगायत १४ वटा विकल्पसहितको प्रश्न सोधिएको थियो ।

    त्यसबाट प्राप्त परिणामकाआधारमा ३.९ प्रतिशत परिवारहरूमा कुनै पनि किसिमको सुविधा छैन भने ९६.१ प्रतिशत परिवारमा कुनै न कुनै किसिमका उपकरणहरूको पहुँच पुगेको छ । साधारण मोबाइल फोनमा भने ७३.२ प्रतिशतको पहुँच छ ।

    प्रतिवेदनअनुसार ३४.२ प्रतिशतले नेपालीले रेडियो सुन्छन् भने टेलिभिजन ४९.४ प्रतिशतको मात्रै पहुँचमा छ । १५ प्रतिशत नेपालीसँग कम्प्युटर छ भने ३७.८ प्रतिशत नेपाली इन्टरनेटको पहुँचमा छन् ।

    smart phone1679657295.jpg

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार