बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

एमाले उपाध्यक्ष पौडेलको चेतावनी: चाहेको बेला सत्तागठबन्धन भत्काउन सक्छौं

एमाले उपाध्यक्ष पौडेलको चेतावनी: चाहेको बेला सत्तागठबन्धन भत्काउन सक्छौं

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफूहरूले चाहेकै बेला सत्तारुढ गठबन्धन भत्काउन सक्ने दाबी गरेका छन् । एमालेको 'मिसन ग्रासरुट' अभियान अन्तर्गत शुक्रबार जनकपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा पौडेलले सत्तागठबन्धन भत्काउने चेतावनी दिएका हुन । 

साझा पोष्ट
शुक्रबार, चैत १० २०७९
  • images
    एमाले उपाध्यक्ष पौडेलको चेतावनी: चाहेको बेला सत्तागठबन्धन भत्काउन सक्छौं
    images

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफूहरूले चाहेकै बेला सत्तारुढ गठबन्धन भत्काउन सक्ने दाबी गरेका छन् । एमालेको 'मिसन ग्रासरुट' अभियान अन्तर्गत शुक्रबार जनकपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा पौडेलले सत्तागठबन्धन भत्काउने चेतावनी दिएका हुन । 


    images
    images

    सत्ता गठबन्धन भत्काउनसक्ने हैसियत एमालेसँग रहेको उनको दाबी छ । ‘जुनसुकै बेला गठबन्धन भत्काउन सक्ने हैसियत एमालेसँग छ तर हामी जिम्मेवार प्रतिपक्ष भएर काम गर्न खोजेका हौं,’ उनले भने ।

     अहिलेको सत्ता गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुगेको उनको आरोप छ ।  उनले सत्तारुढ गठबन्धन अन्तरविरोधमा फसेको र यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने दाबी गरे ।

    uml janakpur1679680377.jpg

    सत्तारुढ गठबन्धनको ध्यान सरकार टिकाउने कुरामा मात्रै रहेकाले यसले देश र जनताको समस्या समाधान गर्नै नसक्ने उपाध्यक्ष पौडेलको तर्क छ । एमाले राष्ट्रिय राजनीतिको मियो रहेको भन्दै एमालेबिना राष्ट्रिय राजनीति एक इन्च पनि अगाडि बढ्न नसक्ने दाबी गरे । 

    निवर्तमान  अर्थमन्त्री पाैडेलले मुलुकको अर्थतन्त्र धरापमा परेको बताए ।  ‘यो सरकारले जनताका समस्या समाधान गर्न सक्ने छैन । राष्ट्रको समस्यातर्फ यसको कुनै ध्यान पनि छैन । तपाईँहरुले देखिरहनुभएको छ, जम्माजम्मी गठबन्धनको चिन्ता के छ भने सरकार कसरी टिकाउने, सरकार कसरी जोगाउने । सरकारमा कसरी पुग्ने चिन्ता थियो । अब सरकार कसरी टिकाउने रु सरकार कसरी जोगाउने ? यो भन्दा अर्को चिन्ता गठबन्धनसँग कुनै छैन । नेता पौडेलले भने, 'यसकारणले यो गठबन्धनले देश र जनताका समस्या समाधान गर्न सक्दैन । सत्तारुढ गठबन्धन अन्तरविरोधग्रस्त बनिसकेको छ । आजै बनिसकेको छ । अहिले नै तपाईँ देखिरहनु भएको छ, मन्त्रालयको बाँडफाँड गर्न नसक्ने ठाउँमा अवस्थामा यो गठबन्धन पुगीसकेको छ । देशको अर्थतन्त्र एकदम धरापमा परेको छ । राजस्वले साधारण खर्च धान्न नसक्ने अवस्था भएको छ ।’

    यस्तै राजस्वले मुलुकको साधारण खर्च धान्न नसक्ने अवस्था आउँदा पनि सरकार गम्भीर नभएको उनले आरोप लगाए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार