बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

विद्यार्थी संगठनको विवादले १८ क्याम्पसमा स्ववियु चुनाव  अनिश्चित

विद्यार्थी संगठनको विवादले १८ क्याम्पसमा स्ववियु चुनाव  अनिश्चित

साझा पोष्ट
शनिबार, चैत ११ २०७९
  • images
    विद्यार्थी संगठनको विवादले १८ क्याम्पसमा स्ववियु चुनाव  अनिश्चित
    images

    काठमाडौं । विद्यार्थी संगठनको विवादका कारण त्रिभुवन विश्वविद्यालय अन्तर्गतका १८ वटा आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अनिश्चित भएको छ।


    images
    images

    त्रिविले सम्पूर्ण आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गतेसम्म निर्वाचन गरिसक्न निर्देशन दिएको थियो। विश्वविद्यालयअन्तर्गत ६२ वटा आंगिक र एक हजार ४ वटा  सम्बन्धन प्राप्त क्याम्पस छन्। ४४ वटा आंगिक र सम्बन्धन प्राप्तमध्ये अधिकांश क्याम्पसमा निर्वाचन सम्पन्न भइसकेको छ। 

    स्ववियु निर्वाचनसम्बन्धी निर्देशिकामा पहिलो पटक निर्वाचन तोकिएको मितिले एक महिनाभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्थाछ। यसकारण हाल निर्वाचन स्थगित भएका क्याम्पसमा आगामी वैशाख ५ भित्र निर्वाचन गर्नैपर्छ। 

    निर्वाचन स्थगित भएकामध्ये अधिकांशमा विद्यार्थी भर्नामा अनियमितता भएको दाबी गर्दै तालाबन्दी गरिएको छ। उपत्यकाका रत्नराज्यलक्ष्मी, त्रिचन्द्र, अमृत साइन्स, पाटन संयुक्त, विश्वभाषा क्याम्पस, आयुर्वेद क्याम्पसमा पनि ताला लागेको छ।  नेपाल कमर्स क्याम्पसमा भने आज निर्वाचन हुँदैछ। 

    पोखरास्थित पृथ्वीनारायण क्याम्पसको निर्वाचन अदालतको आदेशका कारण रोकिएको छ। पोखराकै पश्चिमाञ्चल इन्जिनियरिङ कलेज, नर्सिङ कलेज, धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा विद्यार्थीको तालाबन्दीका कारण निर्वाचन रोकिएको छ।

    अघिल्लो आइतबार भएको चुनावमा ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ । देशभर ६२ आङ्गिक क्याम्पसमध्ये ४४ वटाको नतिजा सार्वजनिक भएको हो । अझै १८ आङ्गिक क्याम्पसमा चुनाव हुन बाँकी छ । अहिलेसम्म चुनाव भएका आंगिक क्याम्पसमध्ये अनेरास्ववियु १९, नेविसंघ १८, अखिल क्रान्तिकारी चार, जसपा निकट समाजवादी विद्यार्थी युनियन दुई र विद्यार्थी जनमत संघ एक क्याम्पसमा विजयी भएका छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार