शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

पाकिस्तानमाथि अफगानिस्तानको पहिलो जित

पाकिस्तानमाथि अफगानिस्तानको पहिलो जित

साझा पोष्ट
शनिबार, चैत ११ २०७९
  • images
    पाकिस्तानमाथि अफगानिस्तानको पहिलो जित
    images

    काठमाडौं । अफगानिस्तानले  क्रिकेट इतिहासमा पहिलो पटक पाकिस्तानलाई हराएको छ । पाकिस्तानविरुद्धको पहिलो टी ट्वेन्टी अन्तर्राष्ट्रिय अफगानिस्तानले ६ विकेटले जितेको छ । 


    images
    images

    शुक्रवार राति शारजाहमा पाकिस्तानले दिएको ९३ रनको विजयी लक्ष्य अफगानिस्तानले १७ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अफगानिस्तानले पाकिस्तानविरुद्ध कुनैपनि खेलमा पहिलो पटक जित निकालेको हो ।

    अफगानिस्तानलाई जिाउन  मोहम्मद नाबी ३८ बलमा नटआउट ३८ र नजिबउल्लाह जद्रानले २३ बलमा नटआउट १७ रन बनाए । पाकिस्तानका लागि इहसानउल्लाहले २ तथा नसिम साह र इमाद वासिमले समान १र१ विकेट लिए ।

    पाकिस्तानका लागि डेब्यु खेल खेलिरहेका इहसानउल्लाहले ३ ओभर ५ बलमा १७ रन खर्चेर २ विकेट लिए । 

    त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाउँदै ९२ रन बनायो । 

    पाकिस्तानका इमाद वासिमले ३२ बलमा सर्वाधिक १८ रन बनाउँदा सैम अयुब १७ रनमा आउट भए ।  तयाब ताहिर १६ र कप्तान शादब खानले १२ रन बनाए ।

    अफगानिस्तानका फजलहक फारुकी, मुजिब उर रहमान र मोहम्मद नाबीले समान २-२ तथा  कप्तान राशिद खान, नविन उल हक र अजमतुल्लाह ओमरजाईले समान १-१ विकेट लिए ।पाकिस्तानले बाबर आजम, मोहम्मद रिजवान, इफ्तिखर अहमद, फखार जमान शाहिन शाह अफ्रिदी, हरिस रौफ लगयात खेलाडीलाई यस सिरिजमा विश्राम दिएर नयाँ खेलाडीलाई मौका दिएको थियो ।दोस्रो खेल शनिबार हुनेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार