शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

प्रहरी महानिरीक्षक कुँवरले आजदेखि नेतृत्व सम्हाल्ने

प्रहरी महानिरीक्षक कुँवरले आजदेखि नेतृत्व सम्हाल्ने

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक(आईजी) वसन्त कुँवरले आजदेखि नेपाल प्रहरीको नेतृत्व सम्हाल्दै छन्।  कुँवरलाई सरकारले हिजो(शुक्रबार) मात्र एआईजी (अतिरिक्त महानिरीक्षक) बाट आईजीपीमा बढुवा गरेको हो। ३० वर्षे सेवा अवधिका कारण यसअघिका आईजीपी धीरजप्रताप सिंहले शुक्रबार अवकाश पाएपछि हिजो बसेको मन्त्रिपरिषद् बैठकले  रिक्त स्थानमा कुँवरलाई ल्याएको हो।

साझा पोष्ट
शनिबार, चैत ११ २०७९
  • images
    प्रहरी महानिरीक्षक कुँवरले आजदेखि नेतृत्व सम्हाल्ने
    images

    काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक(आईजी) वसन्त कुँवरले आजदेखि नेपाल प्रहरीको नेतृत्व सम्हाल्दै छन्। 


    images
    images

    कुँवरलाई सरकारले हिजो(शुक्रबार) मात्र एआईजी (अतिरिक्त महानिरीक्षक) बाट आईजीपीमा बढुवा गरेको हो। ३० वर्षे सेवा अवधिका कारण यसअघिका आईजीपी धीरजप्रताप सिंहले शुक्रबार अवकाश पाएपछि हिजो बसेको मन्त्रिपरिषद् बैठकले  रिक्त स्थानमा कुँवरलाई ल्याएको हो।

    सरकारले कुँवरसहित पाँच जनालाई एआईजीमा बढुवा गरेको थियो र सबै प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा थिए । तर एक नम्बरमा सिफारिसमा परेका कुँवरलाई नै सरकारले आईजीपी बनाएको हो । 

    नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले हिजो प्रहरी महानिरीक्षक धीरजप्रतापसिंहलाई विदाई गर्दै सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता जनाएका थिए । 

        उनले  अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरश पालना गर्ने र अधुरा रहेका योजनालाई आफूले पूरा गर्ने विश्वास पनि दिलाए ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार