बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

पशुपतिमा एक दिन (फोटो फिचर)

पशुपतिमा एक दिन (फोटो फिचर)

साझा पोष्ट
शनिबार, चैत ११ २०७९
  • images
    पशुपतिमा एक दिन (फोटो फिचर)
    images

    काठमाडौं । पशुपतिनाथको नाम सुन्ने बित्तिकै उपासना र आराधना गर्न मन लाग्छ । त्यसैले त पशुपतिनाथ मन्दिर दर्शनका लागि हरेक दिन स्वदेशी मात्र नभइ विदेशी भक्तजनको पनि त्यत्तिकै भीड हुने गर्छ । पशुपतिनाथ मन्दिर विश्वमा नै प्रख्यात छ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथको मन्दिर ऐतिहासिक, धार्मिक एवं पर्यटकीय गन्तव्यस्थल पनि हो ।


    images
    images

    शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव सम्मान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ ।

    पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पूजास्थल (अखाडा) पनि छन् । पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रूपमा छ । जहाँ जन्मदेखि मृत्युसम्मका संस्कार सम्पन्न गरिन्छ ।

    साथै यो पावन स्थलमा वागमती नदीले महिमा अझै बढाएको छ । पशुपतिनाथमा पुगेर एक दिन नियाल्नुस्, दुनियाँ रमाइलो छ जस्तो पनि लाग्छ र दुनियाँ फिक्का छ जस्तो पनि लाग्छ ।

    बिहानै पूजापाठ, मध्याहृन पर्यटकहरुको चहलपहल, भक्तजनहरुको रमाइलो देख्दा सबै छ जस्तो लाग्छ तर पशुपति परिसरकै आर्यघाटलाई नियाल्नुस् अन्त्यमा त्यसरी नै जानुपर्छ भन्ने लाग्छ । त्यसैले त पशुपतिमा सबै छ र केही छैन ।

    पशुपतिमै कोही रुन्छन्, कोही हाँस्छन्, कोही खेल्छन्, कोही कराउँछन्, कोही भगवान खोज्दै पुग्छन्, कोही भगवानसँगै पुग्छन्, कोही जन्मिन्छन् र कोही मर्छन् ।

    शब्द\तस्बिर: न्यूज एजेन्सी नेपाल 

    Pashupati- 9 sajha1679722337.jpg

     

    Pashupati-1 sajha1679722379.jpg

     

    Pashupati-2 sajha1679722427.jpg

     

    Pashupati-3- sajha1679722475.jpg

     

    pashaupati 4 sajha1679722512.jpg

     

    Pashupati-5 sajha1679722553.jpg

     

    Pashupati-7- sajha1679722595.jpg

    Pashupati-8 sajha1679722256.jpg

    Pashupati- 15 sajha1679733085.jpg

    Pashupati-10 sajha1679733106.jpg

    Pashupati-11 sajha1679733127.jpg

    Pashupati-14 sajha1679733153.jpg

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार