Sajha Post
धनुषामा दुईवटा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु 
machhapuchhre bank

जनकपुर । धनुषामा दुईवटा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। शनिबार बिहान मिथिला नगरपालिका–३ हरिहरपुरमा ट्रक दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ गईरहेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशामा गुडिरहेको प्रदेश १०१–००१ ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोक्किए दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सुनसरीका २८ वर्षीय सागर चौधरी, अर्जुन चौधरी र मोरङका ४४ वर्षीय लोकमान रहेका धनुषाका प्रहरीले जनाएको छ । सागर ट्रकका चालक र अर्जुन सहचालक हुन्। दुर्घटनामा  सर्लाहीका २० वर्षीय नारायण श्रेष्ठ घाइते भएका छन्। उनको ढल्केवर अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update