शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

रास्वपाले बैशाख १० मा हुने उपचुनावमा कसैसँग पनि गठबन्धन नगर्ने

रास्वपाले बैशाख १० मा हुने उपचुनावमा कसैसँग पनि गठबन्धन नगर्ने

बैठकले उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन प्रक्रिया सुरु गर्ने र तीन वटै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णयसमेत गरेको छ। निर्वाचन परिचालन समितिका लागि तनहुँमा पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, चितवनमा उपसभापति अर्याल र बारामा गणेश कार्कीलाई संयोजक तोकिएको रास्वपाले जनाएको छ।

साझा पोष्ट
शनिबार, चैत ११ २०७९
  • images
    रास्वपाले बैशाख १० मा हुने उपचुनावमा कसैसँग पनि गठबन्धन नगर्ने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते हुने उपचुनावमा कसैसँग गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ। 


    images
    images

    शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले चितवन क्षेत्र–२, तनहुँ–१ र बारा–२ मा गठबन्धन नगरी एक्लै उम्मेदवारी दिने निर्णय गरेको रास्वपा उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्यालले जानकारी दिए। 

    यसैगरी, बैठकले उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन प्रक्रिया सुरु गर्ने र तीन वटै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णयसमेत गरेको छ। निर्वाचन परिचालन समितिका लागि तनहुँमा पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, चितवनमा उपसभापति अर्याल र बारामा गणेश कार्कीलाई संयोजक तोकिएको रास्वपाले जनाएको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार