बुधबार, वैशाख ५ गते २०८१
Logo
बुधबार, वैशाख ५ गते २०८१

आगामी निर्वाचनमा कांग्रेस सबै निर्वाचन क्षेत्रमा एक्लै लड्ने गरी तयारी भइरहेको छ : गगन थापा

आगामी निर्वाचनमा कांग्रेस सबै निर्वाचन क्षेत्रमा एक्लै लड्ने गरी तयारी भइरहेको छ : गगन थापा

साझा पोष्ट
शनिबार, चैत ११ २०७९
  • images
    आगामी निर्वाचनमा कांग्रेस सबै निर्वाचन क्षेत्रमा एक्लै लड्ने गरी तयारी भइरहेको छ : गगन थापा
    images

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू मन्त्री पद खानेभन्दा पनि कांग्रेस मजबुद बनाउन लागिपरेको बताएका छन्। कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३ रुपन्देहीले भैरहवामा गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले आफू मन्त्री बन्न लागेको कुरा हल्ला मात्र भएको बताए । 


    images
    images

    ‘मन्त्री बन्न लागेको कुरामा सत्यता छैन, मेरो प्राथमिकता अहिले कांग्रेसलाई कसरी अझ मजबुत बनाउन सकिन्छ भन्ने मात्र रहेको छ’,थापाले भने। महामन्त्री थापाले आफूलाई अहिलेसम्म कसैले बोलाएर केही पद नदिएको तर लडेरै लिएको बताए। 

    थापाले जनताको असन्तुष्टी र छटपटीलाई सम्बोधन हुने गरी सरकार अघि बढ्नुपर्ने बताए। आजभन्दा भोलीको अवस्था राम्रो हुँदै जान्छ भन्ने विश्वास दिलाउने गरी काम गर्न उनले सुझाव दिए। 

    आठ लाख पार्टी सदस्य भएको र तीन सय स्थानीय तहको नेतृत्व गरिरहेको कांग्रेसलाई जरैबाट मजबुत बनाउनुपर्ने उनको भनाइ छ । उनले २०८४ को निर्वाचनमा कांग्रेस देशका १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने र त्यसका लागि तयारी गरिरहेको महामन्त्री थापाले बताए।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार