
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केहीबेरअघि सुरु भएको हो।
बैठक पछिल्लो राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद् विस्तारमा केन्द्रीत छ । सरकारलाई विश्वासको मत दिने दलहरुको संख्या धेरै हुँदा मन्त्रिपरिषद् विस्तारमा सकस हुने अवस्था देखिएका बेला माओवादीको बैठक बसिरहेको छ ।
नेपाली कांग्रेसले १०, सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले ३-३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीले २-२, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले एक-एक मन्त्रालय दाबी गरिरहेका छन्।
त्यसैले सरकार कहिले विस्तार हुन्छ भन्ने टुंगो छैन । तर माओवादी उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आज मात्रै दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन्।