Sajha Post
आर्मी कलेजमा बाबुरामको सम्बोधन:  चीन र भारतको शक्ति प्रतिस्पर्धाबाट टाढा बसौं

 काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले विश्व शक्तिहरूसँग प्रतिस्पर्धा गर्ने चीन र भारतको नेपालको रणनीतिक स्थितिले नयाँ जटिलता सिर्जना गरेको बताएका छन् ।

नेपाली सेनाको ‘आर्मी कमान्ड एण्ड स्टाफ कलेज’ले गरेको ‘अर्थतन्त्र र राष्ट्रिय सुरक्षा’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले विश्व शक्तिका लागि प्रतिस्पर्धा गरिरहेका दुई आणविक शक्ति राष्ट्रहरूको प्रतिस्पर्धाले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षाको सन्दर्भमा प्रभाव पारेको बताए ।

 तर नेपालले आर्थिक लाभका लागि चीन, भारत र पश्चिमा शक्तिहरूमध्ये कुनैसँग निकट हुनुपर्दा उनीहरुको एकअर्कासँगको शक्ति र प्रभावको प्रतिस्पर्धाबाट टाढै रहनुपर्ने भट्टराईको मत छ । आर्थिक फाइदाको विषय शक्ति राष्ट्रहरूको सुरक्षा चासोसँग जोडिएको हुनाले नेपालका लागि यो जटिल बन्दै गएको भट्टराईको विश्लेषण छ । 

उनले अहिलेको विश्व राजनीति गठबन्धनको राजनीति पार गरिसकेको भन्दै कुनै गठबन्धनमा नेपाल संलग्न हुन नहुने संकेत गरे । 

baburam shiv puri 11679745904.jpg

यस क्रममा भट्टराईले नेपालले आफ्ना कमजोरीहरूलाई ध्यानमा राख्दै, आर्थिक सुरक्षालाई राष्ट्रिय सुरक्षाको अभिन्न अंग बनाउनुपर्नेमा  उनले जोड दिए ।  भट्टराईले विश्वका सैनिकहरू नेपाली सेनाबाट प्रेरित भएको बताएका छन् ।


नेपाली सेनासँग विश्वका विभिन्न सेनाहरू प्रेरित भएर विभिन्न खालका तालिममा आउने गरेको उनले बताए । नेपाली सेनाको व्यावसायिकता र शान्ति मिसनमा नेपाली सेनाले अन्तर्राष्ट्रिय रूपमा सम्मान पाएको बताउँदै भट्टराईले भने ‘हामी सबै तपाइँ (नेपाली सेना) सँग गर्व गर्छौ ।’

युद्धको समयमा समेत नेपाली सेनाको भूमिका महत्त्वपूर्ण भएको र सेनाले प्रगतिशील अभियानमा राम्रो भूमिका खेलेको भट्टराईले भनेका छन् । नेपालमा जलवायु परिवर्तन, हिउँ पग्लाइ, बाढी जस्ता समस्यासँग जुध्नुपर्ने भट्टराईले बताए ।

machhapuchhre bank

baburam shivpuri 31679745957.jpg

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update