Sajha Post
क्रिकेटर अर्जुन कुमाललाई गुल्मी उद्योग वाणिज्य संघको सम्मान

 गुल्मी । गुल्मी उद्योग वाणिज्य संघले १९ वर्षमुनिको नेपाली क्रिकेट टिमका सदस्य अर्जुन कुमाललाई सम्मान गरेको छ ।

तम्घासमा भएको  संघको ३१ औं साधारण सभामा क्रिकेटर कुमाललाई सम्मान गरिएको हो । उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले सम्मान कुमाललाई सम्मान गरे ।

गुल्मीमा जन्मेर खेल क्षेत्रबाट जिल्लालाई र नेपाललाई विश्वसामु चिनाउन सफल भएकाले उनलाई थप हौसला दिन अर्जुनलाई सम्मान गरिएको उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए ।


छत्रकोट गाउँपालिका वडानम्बर–५ खर्जाङमा जन्मेका कुमालले हालै युएईमा सम्पन्न आईसीसी यू–१९ पुरुष विश्वकप छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले कुबेतबिरुद्ध शतक पनि बनाएका थिए ।

उनलाई केही दिनअघि गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले पनि नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको थियो ।

machhapuchhre bank

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update